Han River Sunset, Yeuido: आफू हुनुको आभाष !
Han River Sunset, Yeuido * अन्त अन्तिम, चिसो मौसमको न्यानो अभिवादन ! अप्रिल महिनाको पहिलो साता, लाग्छ गत वर्ष यो बेला म टि-सर्ट ला एर बाहिर हिंडेको हुँदो हुँ ! त्यहि सम्झेर पनि सर्ट लाएँ। बाहिर अलि मधूरो देखे पछि त्यसमाथि एउटा स्वेअटर थपें। र सूरु भो मेरो यउइदो यात्रा। म बसेको ठाउँबाट २५ मिनट बस अनि ट्रेनमा करिब १ घण्टा गए पछि पुगिन्छ भन्ने कुरा ‘काक़ाओ’नामको एप्ले देखायो। स्टेशनमा पुगे। अघि देखि उडाउला झैँ गरिराको हावाले छातीको कुना-कुनामा छापा हान्दैथ्यो। बस चढें र नरम भए। हावाको वेगले मलाई त्यतिबेला झपार्यो जब ट्रेन स्टेशनमा ५ मिनट अरु ट्रेन कुर्नु पर्ने भो। मेरो नाक बज्न थाल्यो। रुमाल थिएन, नाक छोए पछि पुछ्ने ठाउँ पनि। अनि आफै सोच्नुस, हो त्यहि गरे :D वसन्त ऋतुको आगमन भैसकेको भए पनि चिसो घटेको रहेनछ। तर पनि म यो चिसोमा यउइदो हन्निनुको कारण रहेको करिव १८०० भन्दा बढी चेरी (벗꽃) फूल्दाको दृश्य, अनि तय हुने फूल फेस्टिवलको मजा लिँदै फोटो लिनु हो। त्यसैले त्यसको तयारीका लागि पनि न्यानो बन्नु पर्थ्यो मैले। वीच झरें अनि एउटा जम्पर लिएँ। ** प्रकाश भाईले नेटमा पठाएको फोटो अ...
Comments
Post a Comment